arrow

दुई बस ठोक्किँदा दुईको मृत्यु

logo
प्रकाशित २०७४ असोज ३१ मंगलबार
Jorayal_Gaunpalika.png

डोटी ।  भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका १ घोरणीमा दुई यात्रुवाहक ठोक्किँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । 

तीमध्ये १५ जनाको अवस्था गम्भीर छ । मृत्यु हुनेमा देहिमाण्डौं बैतडीकी ८० वर्षीया द्रौपदी भण्डारी र पर्शुराम नगरपालिका १४ का विक्रम बोहरा रहेको प्रहरीले जनाएको छ । 

डडेल्धुरा सदरमुकामबाट जोगबुडा जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ र भीमदत्तनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नंको बस आज मध्याह्न १२ बजेतिर ठोक्किँदा दुर्घटना भएको हो । 
उद्धार जारी रहेकाले २४ घाइतेको परिचय खुलेको छैन । तीमध्ये गम्भीर घाइतेलाई धनगढी र बाँकीलाई डडेल्धुरा पठाइएको घटनास्थलमा रहनुभएका प्रहरीचौकी गैराका इञ्चार्ज प्रहरी सहायक निरीक्षक गणेशबहादुर चन्दले जानकारी दिए । 

दुवै गाडी तीव्र गतिमा गुडिरहेका कारण ठूलो क्षति भएको बताइएको छ । क्षतिग्रस्त बस दुवै सडकमै अड्किएका छन् । दुर्घटनापछि राजमार्ग केही समयका लागि अवरुद्धसमेत बनेको छ । उद्धारपछि डोजरको सहायताले बस हटाएर राजमार्ग पुनःसञ्चालन गर्ने प्रयास भइरहेको इञ्चार्ज चन्दले जानकारी दिए। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ