arrow

नेपाली सेना र अमेरिकी सेनाको सम्युक्त तालिम सुरु

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
nepali_-amirecan_-armiy.jpg

काठमाडौं ।  नेपाली सेना र अमेरिकी सेना बीच सम्युक्त तालिम सुरु भएको छ ।

असोज ३० गतेबाट सुरु भएको तालिममा विपद् व्यवस्थापन सम्बन्धी उच्च पहाडी, हिमाली र उच्च हिमाली क्षेत्रमा उद्धार लगायत हिमाली युद्धकला जस्ता विषयमा समेटिएको नेपाली सेनाले जनाएको छ ।

विशेष गरेर तालिममा दुई देशका सेनाहरुको सम्बन्धी सैद्धान्तिक, व्यवहारिक र विशेष अनुभवहरुको आदान प्रदान गरिने बताइएको छ । तालिमबाट सेनाको हिमाली युद्धकला सम्बन्धी क्षमता बृद्धिमा सहयोग पुग्नका साथै दुई देश बीचको मैत्रीपूर्ण सम्बन्धलाई निरन्तरता प्रदान गरी सम्बन्ध अझ बढी मजबुद बनाउन सहयोग पुग्ने विश्वास नेपाली सेनाले लिएको छ । 

कार्तिक २८ गते सम्म संचालन हुने तालिम महावीर रेञ्जर रेजिमेन्ट छाउनी, कास्की जिल्लाको पोखरा र मुस्ताङ जिल्लाको जोमसोम तथा मुक्तिनाथ ईलाकामा हुने समेत सेनाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ