arrow

च्याम्पियन्स लिग फुटबल: चर्चित क्लबहरुको भिडन्त, कस्ले मार्ला बाजी ? 

म्यानचेस्टर, बार्सा, पिएसजी र चेल्सीका खेलहरु आकर्षणका केन्द्रमा

logo
प्रकाशित २०७४ कार्तिक १ बुधबार
champions-league-news.jpeg

एजेन्सी। युएईएफए च्याम्पियन्स लिग फुटबलको बिहीबार हुने समुह चरणका खेलहरुमा ईङलिश क्लब म्यानचेष्टर युनाईटेड, स्पानिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजीका खेलहरु आकर्षणका केन्द्र हुने छन्। 

बिहिबार हुने खेलहरु समुह ए, बी, सी, र डी का हुने छन्। युनाईटेड समुह 'ए'मा रहेको छ भने पिएसजी समुह 'बी'मा रहेको छ। त्यसैगरि समुह 'डी'मा बार्सिलोना रहेको छ। 

युनाईटेड विश्वभरीमा चर्चित र संभवत: सबैभन्दा बढी 'फ्यान फलोईङ' भएको क्लब हो । प्रिमियर लिगमा पनि राम्रो प्रदर्शन गरिरहेको युनाईटेड आफ्ना म्यानेजर जोसे मोरिन्होका कारणले पनि चर्चित छ। 

युनाईटेडले आफ्नो खेल बेनिफिकासँग खेल्ने छ। बेनिफिका पोर्चुगलको फुटबल क्लब हो। समुह चरणको खेलमा युनाईटेडले दुबै खेल जितेको छ भने बेनिफिका जितबिहिन रहेको छ। 

त्यसैगरि बार्सिलोनाले आफ्नो खेल ओलम्पियाकोससँग खेल्दैछ। ग्रीसको फुटबल क्लब ओलम्पियाकोससँग बार्साकालगि सहज खेल हुने अनुमान गरिएको छ। समुह चरणको आफ्ना दुबै खेल जितेको बार्सा सहजै दोस्रो चरणमा पुग्ने अनुमान गरिएको छ। 

बार्साका चर्चित खेलाडी लियोनल मेस्सीको जादुगरिय खेलको अपेक्षा बिश्व फुटबल प्रशंसकहरुले गरिरहेका छन्। विश्वकप छनौटको जित्नै पर्ने खेलमा ह्याट्रिक गरेका मेस्सी फर्ममा रहेका छन्। 

ब्राजिलियन स्टार नेयमार रहेको टोली पेरिस सेन्ट जर्मनले बेल्जियमको क्लब एण्डरलेटसँग प्रतिस्पर्धा गर्दैछ। बिश्वका महंगा र चर्चित खेलाडी नेयमार रहेको टोलीबाट फ्यानहरुको ठुलो अपेक्षा रहेको छ। 

यसअघि समुह चरणमा आफ्ना दुबै खेलमा सहज जित हात पारेको पिएसजीकालागि बेल्जियन क्लबसँगको खेल पनि सहज हुने अनुमान गरिएको छ। 

त्यसैगरि इङलिस क्लब चेल्सीले ईटालियन क्लब रोमाको सामना गर्दैछ । चेल्सी आफ्नो समुहमा अपराजित रहेको छ भने रोमाले एक खेलमा जित र एक खेलमा बराबरीको नतिजा ल्याएको छ। यही समुहमा स्पेनिस क्लब एथलेटिको मड्रिड पनि रहेको छ। 

समुह चरणका खेलहरु भए पनि च्याम्पियन्स लिगका खेलहरु महत्वपुर्ण मानिन्छन्। बिहिबार हुने खेलहरुले कस्तो नतिजा ल्याउने हो त्यस्कालागि भने कुर्नै पर्ने हुन्छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ