arrow

वाम गठबन्धनले क्षेत्र बाँडफाँड गर्न सकेन

logo
प्रकाशित २०७४ कार्तिक २ बिहिबार
gathabandhan.JPG

काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेलसँगै पार्टी एकता गर्ने सहमति भए पनि निर्वाचन क्षेत्र बाँडफाँड गर्न गठित कार्यदलले अझै क्षेत्रको टुगो लगाउन सकेको छैन ।

कार्यदललाई ३ दिनको समय दिए पनि दुई साता बितिसक्दासमेत कार्यदलले ६०/४० को भागवण्डाको टुंगो लगाउन सकेको छैन ।

कार्यदलमा सहभागी एक नेताका अनुसार लगभग सहमति भएको छ । छ ।

अब शिर्ष नेतासहित कार्यदलका नेताहरु बसेर अन्तिम टुंगो लाग्न बाँकी छ ।

असो १९ गते बसेको शीर्ष नेताको बैठकले ३ दिनभित्र निर्वाचन क्षेत्र बाँडफाँड गर्न निर्देशन दिए पनि दुई साता बितिसक्दासमेत कार्यदलले क्षेत्रको टुंगो लगाउन सकेको छैन ।

वाम गठबन्धनबाट नयाँ शक्ति बाहिरिएर कांग्रेससँग चुनावी तलमेल गर्ने निर्णय गरिसकेको छ । (नेपाल समाचारपत्रबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ