arrow

नेपाल र युगाण्डा मैदानमा, खराब सुरुवात गरेकाे नेपाल सम्हालियाे

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1091292590.jpeg

काठमाडौं । १९ वर्ष मुनिको विश्वकप क्रिकेट छनोटमा अहिले नेपाल र युगाण्डा भिडिरहेका छन् । क्वालालम्पुरको रोयर सेलाङ्गोर क्लवमा जारी लेखमा टस जितेर नेपालले पहिले ब्याटिङ गरेको छ । खराब सुरुवात गरेको नेपाल सम्हालिएको छ । नेपालले चार ओभर १ बलमा १३ रन जोडेकै समयमा दुई विकेट गुमाएकामा पछि सम्हालिएको हो ।

११ बलमा २ रन बनाएका ओपनर सन्दिप सुनार र ९ बल खर्चेर ७ रन जोडेका सुनिल धमलालाई नेपालले सस्तैमा गुमायाे । पछि नेपालले मध्यम स्कोर बनाउँदै खेल सुधार गरेको छ । मलेसियामा जारी प्रतियोगिता अन्तर्गत विहिबार भएको खेलमा पपुवा न्युगिनीलाई ९ विकेटले हराएको नेपाल फेरि जित हासिल गर्ने दाउमा छ ।

युगाण्डा विहिबारको खेलमा अमेरिकासँग ६ विकेटले हारेकै कारण दबाबमा परेको छ । प्रतियोगितामा नेपालसहित आयरल्याण्ड, पपुवा न्युगिनी, युगाण्डा र अमेरिका सहभागी छन् । प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली आउँदो जनवरीमा बंगलादेशमा आयोजना हुने विश्वकप क्रिकेट खेल्न पाउने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ