arrow

सुनसरीमा बेग्लाबेग्लै सवारी दुर्घटनामा परि २को मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
sunsari.png

इनरुवा ।  सुनसरीको कोसी गाउँपालिका–८ भाण्टाबारीमा भारतीय नम्बरको गाडीको ठक्करबाट बिहीबार राति एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्थानीय अन्दाजी पचास बर्षीय महमद मुस्ताक मियाँ रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरीयाले जानकारी दिए । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बीआर ०७ जी ८११५ नंको ट्रकले साइकलयात्री मियाँलाई ठक्कर दिँदा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, सुनसरीले जनाएको छ । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ । 

यसैगरी, सुनसरीको रामधुनी नगरपालिका २ मा ट्रकमा मोटरसाइकल ठोक्किँदा बिहीबार राति एकजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा इनरुवा नगरपालिका ८ का मुकेश चौधरी रहेको प्रहरी नायब उपरीक्षक चिमरीयाले जानकारी दिए। 

पूर्व–पश्चिम राजमार्गअन्तर्गत तित्रीवनमा रोकेर राखेको ना ५ ख ५११ नंको ट्रकमा इनरुवाबाट इटहरीतर्फ जाँदै गरेको को ३१ प ६८०९ नंको मोटरसाइकलले ठक्कर दिँदा मोटर साइकलमा सवार इनरुवा–८ का मुकेश चौधरी र विपुल चौधरी गम्भीर घाइते भएका थिए । 

घाइते दुवैजनालाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा ल्याइएकोमा मोटरसाइकल चालक मुकेशको उपचारका क्रममा मृत्यु भएको हो । 

घाइते विपुलको जिल्ला अस्पताल इनरुवामा उपचार भइरहेको छ । ट्रक र चालक सुनसरी प्रहरीको नियन्त्रणमा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ