arrow

जुवाघरबाट २३ जुवाडे पक्राउ

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
juwa-ko-khal.jpg.jpeg

बाबियाचौर । जिल्ला प्रहरी कार्यालय म्याग्दीले सामाजिक विकृतिको रूपमा रहेको जुवा नियन्त्रणलाई तीव्रता दिएको छ । 

बेनीका जुवा घरमा छापा मार्ने क्रममा एक हप्तायता तीनवटा जुवाघरबाट २३ जना जुवाडेलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले जानकारी दिए । 

असोज २८ गते बेनीको पिपलचोकस्थित दिपशिखा होटलमा छापा मार्दा उक्त होटलका सञ्चालक लेखनाथ शर्मा समेत सातजना पक्राउ पर्नुका साथै जुवाको खालबाट रु १३ हजार र चारथान तास बरामद भएको थियो । असोज ३१ गते ९ गलेश्वरस्थित रमेश पुनको घरमा छापा मार्दा घरधनी पुनसहित तास खेलिरहेका नौजना पक्राउ परेका थिए । उनीहरूको साथबाट नगद रू तीन हजार ८०० र चार थान तास बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

कात्तिक १ गते स्थानीय कुमारी पुनको घरमा छापा मार्दा पुनसहित सात जनालाई तास खेल्दै गरेको अवस्थामा नियन्त्रणमा लिएको र उनीहरूको साथबाट नेपाली नोट, भारतीय नोट र जुवा खेल्न प्रयोग गरिने सिक्का समेत बरामद गरिएको थियो । 

पक्राउ परेका जुवाडेको नाम भने प्रहरीले सार्वजनिक नगरेको र उनीहरू राजनीतिक कार्यकर्ता, जनप्रतिनिधिदेखि समाजका वरिष्ठ भनिएका व्यक्तिसमेत रहेको बताइएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ