arrow

लोकतन्त्र समाप्त पार्ने तत्वहरु एकजुट भएको  प्रधानमन्त्रीको आरोप

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
deuba-new-FNL.jpg.jpeg

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएको बताएका छन् । 

नेपाली काँग्रेस भक्तपुर जिल्ला समितिले आयोजना गरेको शुभकामना आदानप्रदान एवं विमोचन कार्यक्रमलाई सम्बोद्धन गर्दै उनले भने “लोकतन्त्रलाई जोगाउने चुनौती अहिले खडा भएको छ । ” 

काँग्रेस सभापतिसमेत रहेकाप्रधानमन्त्री देउवाले “लोकतन्त्र, प्रजातन्त्र र जनताको अधिकारलाई कुनै पनि हालतमा अक्षुण्ण राख्न जरुरी छ, लोकतन्त्र समाप्त पार्ने तत्वहरु अहिले एकजुट भएका छन्”, भन्दै “लोकतन्त्रको खतरा टार्न आसन्न निर्वाचनमा काँग्रेसको विजयी जरुरी छ,” बताए । 

वाम गठबन्धनले प्रजातन्त्र खतरामा परेको उल्लेख गर्दै उनले प्रजातन्त्र नमान्नेहरु एकमत भएकाले प्रजातन्त्रमाथि खतरा आएको टिप्पणी गरे । 

प्रधानमन्त्री देउवाले कम्युनिस्ट अधिनायकवाद ल्याएर जनतामा डर, त्रासको शासन गर्न खोजेको बताउँदै “कम्युनिस्ट साम्राज्य ल्याएर अधिनायकवाद लाद्दै राणा शासनभन्दा पनि डरलाग्दो शासन चलाउन खोज्दैछन्,” भने । 

राष्ट्रवादको कुरा गर्ने कम्युनिस्टहरु कुनै हालतमा राष्ट्रवादी हुनै नसक्ने भन्दै उनले प्रजातन्त्र विरोधी शक्तिलाई परास्त गर्न नेपाली काँग्रेस एकढिक्का भएर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो बताए । 

प्रधानमन्त्री देउवाले नेपाली काँग्रेसले आन्तरिक मतभेदलाई अन्त्य गर्दै एकढिक्का भएर बढे काँग्रेसलाई कसैले परास्त गर्न नसक्ने बताउँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न गराएर पूर्णरुपमा संविधान कार्यान्वयन गराई स्थायीरुपमा लोकतन्त्रलाई अगाडि बढाउनेतर्फ सरकार लागेको छ भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ