arrow

तीन हजार नाच र एक हजार बढी बाजाको संरक्षण सरकारले गर्नु पर्छ 

logo
प्रकाशित २०७४ कार्तिक ३ शुक्रबार
news-pancha-baja-lop-photo-(3).JPG.jpeg

काठमाडौं । नेपाली लोक संस्कृतिलाई पर्यटन क्षेत्रसँग जोड्न देउसी भैलो खेलिएको छ । 

पर्यटन पत्रकार संघ (जाट) नेपाल र नेपाली लोकबाजा संग्राहलयको संयुक्त आयोजनामा शुक्रवार नेपाल पर्यटन बोर्डमा देउसी भैलो खेलिएको हो । 

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले पर्यटनको प्रमुख आधार हिमाल र प्राकृतिक वस्तुमात्र नभएर संस्कृति पनि भएको बताए । 

नेपाली लोकबाजा संग्राहलयका अध्यक्ष रामप्रसाद कँडेलले ६० हजार लोकभाका रहेको मुलुकमा संग्राहलयले २२ वर्षदेखि लोक संस्कृति जोगाउन लागेको बताए । 

“तीन हजार प्रकारका नाच र एक हजारभन्दा बढी बाजा रहेका छन् यसको संरक्षण सरकारले गर्नुपर्छ,”– उनले बताए । 

जाट नेपालका अध्यक्ष नारायण भण्डारीले ‘पर्यटनका लागि लोक संगीत’ जोड्ने उदेश्यले पत्रकारको संस्थाले संग्राहलयसँग मिलेर यस्तो अभियानको शुरुवात गरेको बताए । 

कार्यक्रममा लोकबाजा संग्रहालयले लोपोन्मुख नेपाली बाजाहरु प्रस्तुत गरेको थियो भने नेपालको सबैभन्दा ठूलो (७ फिट ३ इन्च) को सारङ्गी प्रदर्शन गरिएको थियो । कार्यक्रममा पर्यटनसँग आवद्ध व्यक्तित्व र विदेशी पर्यटकको उपस्थिति रहेको थियो । 
––– 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ