arrow

केराको कारोबार बढ्यो

logo
प्रकाशित २०७४ कार्तिक ७ मंगलबार
kera.JPG.jpeg

राजविराज । मंगलबारदेखि शुरु भएको छठ पर्वका अवसरमा स्थानीय बजारमा केराको कारोबारमा वृद्धि भएको छ । 

छठपर्वमा केराको घरी अनिवार्य मानिएकाले केराको बिक्रीवितरणमा वृद्धि भएको हो । सदरमुकाम राजविराज, भारदह, बोदेबर्साइन, कञ्चनपुर, फत्तेपुर, हनुमानगरलगायतका बजारमा केराको कारोबार बढेको पाइएको छ । 

छठमा हरेकले केराको घरी किन्ने भएकाले व्यापारमा वृद्धि भएको केरा व्यापारी शिवचरण मण्डलले बताए । बजारमा केरा किन्नेको भीड लागेको छ । प्रति केरा घरी  दुई सयदेखि  ५०० सम्ममा बिक्री भइरहेको छ । सप्तरीमा छठमा करिब  एक करोडको केरा बिक्रीवितरण हुने गरेको व्यापारीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ