- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काँग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि प्रचार समिति गठन गरेको छ । मंगलबार काँग्रेसले संसदीय बोर्डका सदस्य समेत रहेका खाँडलाई प्रचार समिति संयोजक तोकेको हो ।
आसन्न निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी नदिई समानुपातिक निर्वाचनको लागि बन्दसूचीमा नाम पठाईएपछि उनलाई यस्तो जिम्मेवारी दिईएको हो। समितिको सहसंयोजकको जिम्मेवारी भने बद्री पाण्डेलाई दिने तयारी भईरहेको छ । यद्यपि अहिले बाजुरामा रहेकोले उनी चयन भईसकेका भने छैनन् ।
स्थानीय तहको निर्वाचनमा प्रचारप्रसार समितिको संयोजकको रुपमा रहेका नेता रमेश लेखक र सहसंयोजक गगन थापा मध्ये दुबैजना प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारी दिने तयारीमा रहेकोले उनीहरुकै प्रस्तावमा खाँडलाई संयोजक तोकिएको हो ।
संयोजक तोकिएसँगै खाँडले समितिको पहिलो बैठक बालुवाटारमा मंगलबार साँझको लागि बोलाएका छन् । अब काँग्रेसको यो चुनावको प्रचारको सबै कमाण्ड खाँड नेतृत्वको समितिले सम्हाल्ने निश्चित भएको छ ।