- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
अरबिल, इराक । इराकको स्वशासित कूर्दिस क्षेत्रको संसदले यहाँको व्यवस्थापिका संसदको निर्वाचनलाई आठ महिनापछि हुनेगरी तोकिएको मङ्गलवार जनाएको छ । यही बर्षको सेप्टेम्बरमा भएको जनमतसङ्ग्रहपछि लगत्तै हुनुपर्ने निर्वाचन केन्द्र सरकारसँग कूर्दिस क्षेत्रको भूमिको विवादका कारण हुननसकेपछि आठ महिना पछि हुने गरी निर्णय भएको संसदले जनाएको छ ।
यस पहिले निर्धारित कार्यक्रम अनुसार व्यवस्थापिका संसद तथा राष्ट्रपतीय निर्वाचन गत नोभेम्बरमा हुनुपर्ने थियो । तर सीमासम्बन्धी विवाद लम्बिएपछि दुवै निर्वाचनलाई सार्ने निर्णय भएको हो । यद्यपि राष्ट्रपतीय निर्वाचनको मितिबारे तत्काल केही उल्लेख गरिएको छैन ।
दुवै निर्वाचन कूर्दिस क्षेत्रमा भएको गत सेप्टेम्बरको जनमतसङ्ग्रहले उक्त क्षेत्रलाई स्वतन्त्र बनाउने पक्षमा अत्यधिक मत परेपछि सामान्यत एक महिनाभित्र गर्नुपर्ने थियो ।