- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
फलेवास । पर्वत मोदी ५ देउपुर कोरुङ्गाका टीकाराम तिमिल्सिना व्यावसायिक रुपमा मौरीपालन गरेर वार्षिक १२ लाख आम्दानी गर्दै आएका छन् ।
उनको घरमा झण्डै १०० वटा मौरीका घार रहेका छन् । एपी सेरेना जातको मौरी पालेका तिमिल्सिनाले सो व्यवसायबाट गतिलो कमाई गर्न सफल भएका छन् । उनले वर्षमा दुई पटक मह निकाल्ने गरेका छन् ।
विसं २०५७ बाट व्यावसायिक रुपमा माहुरीपालन गर्दैआएका तिमिल्सिनाले उत्पादन गरेको मह घरबाटै बिक्री हुन्छ । उनले वर्षमा दुई दर्जनभन्दा बढी घारसमेत बिक्री गर्दै आएका छन् । घरबाटै प्रतिकिलो ७०० का दरले तिमिल्सिनाले मह बिक्री गर्छन् । उनले एउटा याममा सात क्विन्टलभन्दा बढी मह काढ्ने गरेको बताए ।
एपी सेरेना जातको माहुरीको मह भिर माहुरीकै जस्तै गुणस्तरीय हुने भएकाले मनग्य आम्दानी गर्न सकेको उनको भनाइ छ । मौरीपालन व्यवसायबाट भएको कमाईले छोराछोरीलाई पढाउने र घरजग्गा जोड्ने काम गरेको उनी बताउछन् ।