arrow

राप्रपा (प्रजातान्त्रिक) का सवै उम्मेदवारहरुद्वारा उम्मेदवारी फिर्ता

logo
प्रकाशित २०७४ कार्तिक ८ बुधबार
rpp-democratic.jpg

विदुर । लोकतान्त्रिक गठवन्धनको समर्थन गर्दे राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का सवै उमेदवारहरुले उम्मेदवारी फिर्ता लिएका छन् । केन्द्रमा लोकतान्त्रिक गठवन्धनसंगै जाने सहमति भएपनि जिल्लाको सवै तहमा छुट्टै उम्मेदवारी दिएका उक्त पार्टीका उम्मेदवारहरुले केन्द्रीय सहमति अनुसार क्रियाशिल रहने निर्णयका साथ बुधवार उम्मेदवारी फिर्ता लिएका हुन ।

जिल्ला निर्वाचन कार्यालय स्रोतका अनुसार नुवाकोट प्रतिनिधीसभा क्षेत्र नं.१ मा उमेदवारी दिएका नरेन्द्र फूँयाल, सोही क्षेत्रको प्रदेश १ मा उम्मेदवारी दिएका दामोदर थापा र प्रदेश २ मा उमेदवारी दिएका दीपककुकमार राईले उम्मेदवारी फिर्ता लिएका छन् । राई राप्रपा (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य समेत हुन । यसैगरी प्रतिनिधीसभा क्षेत्र नं. २ का उमेदवार हरिप्रसाद रिजाल ,प्रदेश नं. १ का शिव अधिकारी र प्रदेश नं. २ का मधुस्दन रिजालले पनि बुधवार नै उमेदवारी फिर्ता लिएका छन् ।

यसैवीच केन्द्रीय सदस्य राईले बुधवारनै आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत लोकतान्त्रिक गठवन्धनलाई मजवुत वनाउन उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ