arrow

प्रचण्डको कडा अभिव्यक्ति : 'चुनाव नभए संसद् पुनर्स्थापना गराइन्छ'

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
prachanda-pushpa-dahal_7591.jpg

काठमाडौं । चुनाव हुने नहुने भन्ने विषयमा यावत शंका उपशंका चलिरहेको बेलामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तोकिएको मितिमा चुनाव नगरे संसद् पुनस्र्थापना गर्ने कडा प्रतिक्रिया दिएका छन् । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले निर्वाचन हुने निश्चित भएकोले संसद् विघटन गरिएको भन्दै चुनाव नहुने स्थिती आए संसद् पुनस्र्थापना गर्ने चेतावनी दिए । 

बुधबार सर्वाेच्च अदालतले आसन्न निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फको मतपत्र फरकफरक बनाउने विषयमा के कस्तो भएको छ भन्ने विषयमा प्रगति विवरण माग गरेपछि नेपाली राजनीति तरंगित भईरहेको बेलामा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् । 

निर्वाचन आयोगले बुधबार आयोगलाई लिखित जवाफ दिन आदेश गरेको छ । दुईवटा मतपत्र छाप्नु परे तोकिएको समयमा निर्वाचन गर्न नसकिने निर्वाचन आयोगले बताएसँगै निर्वाचनप्रति धेरैले शंका भावले हेर्ने गरेका छन् । यही समयमा अध्यक्ष प्रचण्डले यस्तो प्रतिक्रिया दिएका छन् । 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ