arrow

रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाएरै चुनावमा जान्छौ : मन्त्री यादव

logo
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
ramchandra-daju-news-aa.jpeg

काठमाडौं। कृषि विकास मन्त्री रामकृष्ण यादवले नेपाली काँग्रेसका वरिष्ट नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर चुनावमा जाने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री यादवले पार्टीका कार्यकर्ता र जनताको चाहना बमोजिम रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेद्वार बनाएर निर्वाचनमा जाने तयारीमा पार्टी जुटेको जानकारी दिएका हुन।

मन्त्री यादवले भने,‘पार्टीले यसका बारेमा गम्भिर भएर सोच्नु पर्छ, पौडेललाई अघि सारेर निर्वाचनमा जादा पार्टीलाई फाईदा हुन्छ, पार्टीले  यसका बारेमा छिट्टै आधिकारिक निर्णय गर्नेर्छ, पार्टीका वरिष्ट नेता रामचन्द्र पौडेलले जीवनका १४ वर्ष जेल भोग्नु भएको छ, जनता र पार्टीका कार्यकताले उहाँलाई नै अघि सारेको देख्न चाहेका छन, यसमा पार्टीका सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले पौडेललाई अघि सार्ने निर्णय गर्नुहुनेछ।’

तोकिएको समयमा निर्वाचन हुनेमा शंका नगर्न आग्रह गर्दै मन्त्री यादवले भने,‘सरकार तोकिएकै समयमा निर्वाचन गर्नेमा जुटिरहेको छ, तोकिएको समयमा चुनाव हुने कुरामा कसैले शंका नगरे हुन्छ, बरु निर्वाचनमा सबैले मत हाल्ने वातावरण सिर्जना गर्नतर्फ लाग्नुपर्छ, मंसिर १० र २१ गतेको निर्वाचन तोकिएको समयमै हुन्छ।’

नेपालको लोकतन्त्रतान्त्रि आन्दोलनमा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले खेलेको भूमिकाको  प्रसंशा गर्दै मन्त्री यादवले  रौतहट ४ बाट प्रत्यक्ष तर्फ प्रतिनिधि सभाको लागि उम्मेदवार बनाउन काँग्रेस तयार रहेको बताए ।

उनले भने,‘ धमालाले लोकतन्त्र स्थापनाको लागि निक्कै ठुलो संघर्ष गर्नु भएको व्यक्ति हो, काँग्रेसले त्यसको उचित मुल्याङ्कन गर्नेछ, उहाँले प्रेस स्वतन्त्रता आन्दोलनमा पनि उल्लेखनिय भूमिका खेल्नु भएको छ, उहाँ जस्तो योग्य सक्षम व्यक्तिले काँग्रेसले उम्मेद्वार बनाउँदा फाईदा हुन्छ, मधेशमा उहाँको माग छ जनताको बीचमा लोकप्रिय हुनुहुन्छ, यसका बारेमा पार्टीभित्र छलफल सुरु भएको छ, उहाँलाई चुनावमा उट्न आग्रह गर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ