arrow

पाकिस्तानसंग श्रीलंका टी–२० मा पनि निरिह

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
pak-win.jpg

अबुधावी । श्रीलंका पाकिस्तानसंग टी–२० क्रिकेटमा पनि निरिह भएको छ । पाँच खेलको एक दिवसिय सिरिजमा क्लिनस्विप भोगेको श्रीलंका टी–२० सिरिजको पहिलो खेलमा ७ विकेटले पराजित भयो । 

युएईको अबुधाबीमा बिहिबार राति भएको खेलमा पाकिस्तान ७ विकेटले विजयी भएको हो । 

श्रीलंकाले कमजोर ब्याटिङ गर्दै १८.३ ओभरमा अलआउट भएर मात्र १०२ रन बनायो । 

सात खेलाडीले दोहोरो स्कोर समेत गर्न नसकेको इनिंगलाई सस्तैमा रोक्ने क्रममा हसन अलीले ३ तथा मोहम्मद हाफिज र उस्मान खानले २–२ विकेट लिए । 

जवाफमा पाकिस्तानले १७.२ ओभरमै ३ विकेटको नोक्सानीमा विजय पाउन सफल भयो ।

भारतका ज्वाई (सानिया मिर्जाका पति) सोइब मल्लिकले नटआउट ४२ रन बनाए । त्यस्तै अलराउण्डर हाफिजले नटआउट २५ रन बनाए ।

जीतसंगै पाकिस्तानले ३ खेलको सिरिजमा १–० को अग्रता लिएको छ । 

दोस्रो खेल शुक्रबार राति हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ