arrow

दुखाइ कम गर्ने औषधिको प्रयोगलाई ‘राष्ट्रिय लज्जा’ भन्दै ट्रम्पले गरे जनस्वास्थ्य संकटकाल घोषणा

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
donald-trump.jpeg

ह्वाइटहाउस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकीहरुको, दुखाइ कम गर्ने र अन्य नशालु औषधीहरु प्रयोग गर्ने लतलाई ‘राष्ट्रिय लज्जा’ भन्दै जनस्वास्थ्यसम्बन्धी संकटकाल घोषणा गरेका छन् ।

ट्रम्पले दुखाई कम गर्ने यस्ता औषधीको दुरुपयोगलाई लक्षित गरि यो घोषणा गरेका हुन् ।

यस्ता औषधीको प्रयोगका कारण प्रत्येक दिन १ सय ४० भन्दा बढी अमेरिकीहरुको ज्यान जाने गरेको बताइन्छ ।

ह्वाइटहाउसमा बोल्दै ट्रम्पले अहिलेको समयमा अमेरिकीहरुको कार दुर्घटना र बन्दुकका कारण हुने मृत्युको संख्या भन्दा दुखाई कम गर्ने र अन्य नसालु पदार्थको प्रयोगका कारण बढी मृत्यु हुने गरेको बताए ।

उनले यस्ता दुखाई कम गर्ने औषधीहरुको खपत विश्वका अन्य मुलुकका नागरिकले भन्दा अमेरिकीहरुले अत्यधिक गर्ने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ