arrow

विर्तामोडमा सेना उत्रियो, रातभर सडकमै रहने 

logo
प्रकाशित २०७४ कार्तिक १० शुक्रबार
nepali-sena.jpg

काठमाडौं । सेना परिचालन गर्न अनुमती मागेको स्थानीय प्रशासनले नेपाली सेनालाई सडकमा उतारेको छ । कर्र्फ्यू आदेश जारी गरेसँगै सडकमा उत्रिएको सेना रक्षा मन्त्रालयको सहमतीपछि सडकमा नै गस्ती गर्न थालेको इलाका प्रहरी कार्यालय विर्तामोडका डिएसपी राजकुमार सिलवालले जानकारी दिए । 

शुक्रबार राती हाम्राकुरासँग कुराकानी गर्दै डिएसपी सिलवालले अहिले स्थिती सामान्य रहेको भन्दै रातभरी नै सेनाले गस्ती गरिरहने बताए । उनले अहिले स्थिती सामान्य रहेको भन्दै मृतकको संख्या एक जना मात्रै रहेको पुष्टि गरे । 

विहानैदेखि स्थिती तनावग्रस्त बनेपछि जिल्ला सुरक्षा समितिको बैठक बसी सेना परिचालन गर्ने निर्णय गरेको थियो । दिउँसो साढे १ बजेदेखि आह्वान गरिएको कर्फयू राती ८ बजेसम्म पनि जारी रहेको छ भने रातभर खुल्ने सम्भावना नरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ