arrow

स्याङ्जामा अन्तर्राष्ट्रिय प्याराग्लाईडिङ पाईलट छनोट

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ कार्तिक ११ शनिबार
paragalaidin_1_(1).jpg

स्याङ्जा । स्याङ्जामा पहिलो पटक प्याराग्लाईडिङ प्रतियोगिता आयोजना गरिने भएको छ । भीरकोट नगरपालिकाको स्वरेक मैदानमा सन् २०१८ इन्डोनेसियामा हुने ओलम्पीक खेलमा सहभागी हुनका लागि छनोट प्रतियोगिता हुन लागेको हो । कात्र्तिक १५ गते देखि २० गते सम्म आयोजना गर्न लागिएको अन्तराष्ट्रिय प्यारागग्लाईडिङ प्रतियोगिताको छनोट स्याङ्जाको स्वरेक मैदानले पाएको छ । यसैलाई आधार मान्दै राष्ट्रिय खेलकुद परिषदले पहिलो पटक आधिकारिकता दिदै त्यसमा सहभागी हुने खेलाडी छनोट गर्न सो प्रतियोगिता आयोजना गर्ने भएको हो । ओलम्पीकको प्याराफिटमा अवदेखी प्याराग्लाईडिङ्का माध्यमवाट पनि नेपाली झण्डा फहराउने बताइएको छ । 

बाबुु एडभेन्चर क्लवले आयोजना गर्न लागेको सो प्रतियोगितामा नेपाल लगाएत २० देशका तीन सय भन्दा वढी प्यारापाईलटहरुको सहभागिता रहने क्लवले जनाएको छ । भीरकोटको स्वरेक मैदानमा आयोजना गर्न लागिएको प्याराग्लाईडिङ् प्रतियोगिता छनोटले भिरकोट स्पोर्ट टुरिजमका लागि सफलता मिल्ने बताइएको छ । छनोट प्रतियोगितालाई सफल बनाउन भीरकोट र वालिङ नगरपालिकाले ठाँउ ठाँउमा सरसफाई समेत गरेका छन् ।  

बावु एभेन्चरका प्रशिक्षक तथा प्यारा पाईलट सानोबावु सुनुवारले प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिए । उनका अनुसार अहिलेसम्म सात देशका प्यारा पाईलटहरुले आफ्नो नाम दर्ता गराएका छन् । प्रतियोगिता तीन क्याटोगोरीमा हुने उनको भनाई थियो । क्रक कन्ट्रि प्रतियोगिता निश्चित स्थानवाट निश्चित स्थानमापुगेर ल्याण्ड गर्ने, नेपालको पाईलटहरुको पर्यटक वोेकेर उडाने क्षमता पत्ता लगाउन टेन्डम पाईलट प्रतियोगिता र ओलम्पीकमा सहभागि हुन एक्यूरेसी प्रतियोगिता (सानो वाकस भित्र ल्याण्ड गर्ने) हुने छ । टेन्डम प्रतियोगिता नेपाली पाईलटहरुमा मात्रै संचालन हुने छ भने अरु सवै खुल्ला रुपमा प्रतिस्पर्धा गराइने आयोजकको भनाई छ ।

प्रतियोगिताको लागि दर्ता शुल्क टेन्टम प्रतियोगितामा १० हजार र अन्य सवैको लागि ५० यूरो निर्धारण गरिएको छ । महिला र पुरुष छुट्टा छुट्टै समुहमा गराइने प्रतिस्पर्धामा १२ विधामा स्वर्ण रजत र कास्य प्रदान गरिने पनि प्रशिक्षक सुनुवारले जानकारी दिए । प्रतियोगितालाई अन्तराष्ट्रिय स्तरको मान्यता दिन पहिलो पटक इभेन्ट इन्स्योरेन्सको पनि व्यवस्था गरिएको छ । जसमा १९ लाखको दुर्घटना मृत्यु विमा, तीनलाखको उपचार ,पाचलाखको तेश्रो पक्षविमाको व्यवस्था गरिएको बताइएको छ । प्रतियोगिता सम्पन्न गर्न ९० लाख खर्च लाग्ने र सोको लागि स्याङ्जा सवै स्थानिय निकाय, राखेप, विश्व प्याराग्लाईडिङ् एशोसियसन, नेपाल पर्यटन वोर्डको विशेष सहयोग हुने क्लवले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ