arrow

परासीको रामग्राममा सवारी दुर्घटनामा परी एकको मृत्यु

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
Ramgram_Nagarpalika.png

नवलपरासी । नवलपरासीको सदमुकाम परासीस्थित रामग्राम नगरपालिका ४ जितपुरमा सोमबार भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । 

दुईवटा मोटरसाइकल एक आपसमा ठक्कर खाँदा भएको सो दुर्घटनामा परी अन्य एक घाइते भएका छन् । दुर्घटनामा मोटरसाइकल चालक नवलपरासी रामग्राम नगरपालिका २ बस्ने वर्ष १८ को रोशन हरिजनको उपचारका क्रममा पृथ्वीचन्द्र अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घटनामा परी घाइते भएका अर्को मोटरसाइकल चालक नवलपरासी रामग्राम ६ का ३५ वर्षीय प्रेमनारायण हरिजनको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

महेशपुरबाट परासीतर्फ आउँदै गरेको लु २ प ४२०० नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु १ प ५१०८ नम्बरको मोटरसाइल एक आपसमा ठोकिँदा सो दुर्घटना भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ