arrow

विवेकशील साझा पार्टीको थप ४ जिल्लामा उम्मेदवारी घोषणा

logo
प्रकाशित २०७४ कार्तिक १३ सोमबार
candidates_4-a.jpg

काठमाडौं ।  विवेकशील साझा पार्टीले क्रमिक रुपमा विभिन्न जिल्लामा प्रतिनिधि तथा प्रदेश सभा सदस्यमा उम्मेदवारी घोषणा गर्दै आईसकेको छ। यसै क्रममा पार्टीले विभिन्न जिल्लाहरु - भक्तपुर, कपिलवस्तु, धादिङ, अर्घाखाँची तथा नवलपरासीमा उम्मेदवारी घोषणा गरेको छ। र अन्य उम्मेदवारहरु पनि क्रमश: घोषणा गर्दै जाने पार्टीको नीति रहेको छ।

यस पटकको चुनावमा राष्ट्रिय पार्टी बन्ने र अर्को पटक देशको नेतृत्व गर्ने लक्ष्य लिएको विवेकशील साझा पार्टीका थप जिल्लाका उम्मेदवारहरूको परिचय यस प्रकार छ -

राम बाडे, भक्तपुर क्षेत्र नं २ (ख)

पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट औद्योगिक इन्जिनियरिङमा स्नातक गरेका ३१ वर्षीय बाडे अटोट्रेड्स एण्ड सप्लायर्स प्रा.लि. का महाप्रवन्धक हुन्। उनी अटोमोबाईल सम्बन्धि विभिन्न सेमिनारहरु आयोजना गर्दै आएका छन्। बाडे सुसंकृत राजनीतिको माध्यमबाट शान्त र समृद्ध नेपाल हाम्रै जीवनकालमा स्थापना गर्न सकिने मान्यता राखी राजनीतिमा आएका हुन्।

अब्दुल रहीम, कपिलवस्तु क्षेत्र नं ३

कृष्णनगर गाउँपालिका- १ का ४० वर्षीय रहिम पेशाले वेल्डिङ गर्छन्। राजनीति भनेकै समाजसेवा हो भन्ने मान्यता राख्ने उनी आफ्नो गाउँमा समाजसेवीको रुपमा निकै परिचित छन्।

हरिप्रसाद भुसाल, अर्घाखाँची  क्षेत्र नं १ (क)

ललितकला क्याम्पसमा चित्रकला विषयमा बि.एफ.ए. सम्मको अध्ययन गरी अर्घाखाँची जिल्लामा रहेर सामाजिक गतिविधीहरुमा सक्रिय हरिप्रसाद भुसाल संचार क्षेत्रमा क्रियाशील छन्। करीव एक दशक स्वतन्त्र पत्रकारीतामा विताएका २९ वर्षिय भुसाल, नेपाल पत्रकार महासंघको सदस्यता त्याग्दै विवेकशील साझा पार्टीमा आवद्ध भएका हुन्। हरेक क्षेत्रमा मौलाएको दलीयकरणले सक्षम व्यक्ति पलायन हुनु परेकोमा चिन्तित बनेका भुसाल समृद्ध नेपाल निर्माण गर्ने एकमात्र पार्टी विवेकशील साझा नै रहेको महसुस गरी राजनीतिमा सक्रिय बनेका हुन्।

दिपेश थापा, धादिङ क्षेत्र नं १

१० वर्षदेखि अध्यापन क्षेत्रमा कार्यरत ३३ वर्षीय थापा भाैतिकशास्त्रमा स्नातकाेत्तर हुन्l उनी विवेकशील साझा पाटीकाे माध्यमबाट स्वच्छ उत्तरदायी राजनीति स्थापित गराउन चाहान्छन्।

जितेन्द्र श्रेष्ठ, धादिङ क्षेत्र नं १ (क)

बेलायतमा अटो मेकानिकल टेक्निसियनकाे काम गरेका २८ वर्षीय श्रेष्ठ राजनीति फाेहाेर खेल हो भन्नुको सट्टा आफैं सफा गर्नका लागी उम्मेदवारी दिएको बताउछन्। श्रेष्ठ टायर रिट्रेडिङको व्यवसाय गर्छन।

ओम प्रकाश यादव, नवलपरासी क्षेत्र नं २

स्वाँठी गा.वि.स. - ९, नवलपरासीमा जन्मिएका ३२ वर्षीय यादव विद्यालय पढ्दादेखि नै विभिन्न सामाजिक कार्यक्रममा संग्लग्न हुँदै आएका छन्। उनी विद्यालय अध्ययनको बेलादेखि नै स्थानीय शान्ति बाल क्लबको अध्यक्ष भएर समाजमा बाल विवाह र लागुपदार्थ जस्ता सामाजिक कुरीति विरोधी कार्यक्रमहरुको नेतृत्व गर्दै आएका छन्। आफुलाई भ्रष्टाचार विरोधी हुँ भन्ने यादव हालै सम्पन्न स्थानीय चुनावमा आफ्नो ठाउँबाट जिताएको नेतृत्वले विकासका कामहरु कसरी गरिरहेको छ भन्ने कुरालाई नजिकबाट नियाल्छन् र उनीहरुलाई जवाफदेही बनाउनुपर्ने कुरामा प्रतिवद्ध छन्। यादवले आफ्नो ठाउँमा सरसफाई अभियानहरु लगायत अन्य विभिन्न सामाजिक अभियानहरु पनि संचालन गर्दै आएका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ