arrow

शान्ति सम्झौताको मर्मविपरीत ढुंगेललाई पक्राउ गरेको माओवादी केन्द्रको तर्क

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
BalKrishna-Dhungel.jpg.jpeg

काठमाडौं । नेकपा(माओवादी केन्द्र)ले पूर्वसांसद बालकृष्ण ढुंगेलको पक्राउ शान्ति सम्झौताविरुद्ध रहेको जनाउँदै तत्काल उनको रिहाइको माग गरेको छ । 

माओवादी केन्द्रका प्रवक्ता पम्फा भुसालले पत्रकारसँग कुराकानी गर्दै भनिन्, "द्वन्द्वकालीन मुद्दा सत्य तथा मेलमिलाप आयोगबाटै समाधान गरिने शान्ति सम्झौताको मर्मविपरीत बालकृष्ण ढुंगेललाई पक्रिनु निन्दनीय छ । उहाँको तत्काल रिहा गरिनुपर्छ ।” ढुंगेलविरुद्ध लगाइएको मुद्दा सत्य तथा मेलमिलाप आयोगले नै हेर्नुपर्ने उनको भनाइ छ । 

निर्वाचनका समयमा आएर ढुंगेललाई पक्रनु निर्वाचन नगर्ने षड्यन्त्र हुनसक्ने आशंका गर्दै नेत्री भुसालले शान्तिपूर्ण निर्वाचन कुनै पनि बहानामा बिथोलिन नहुने उनको भनाइ थियो । नेपाल प्रहरीको सिआइबीले ढुंगेललाई ललितपुर, सातदोबाटोस्थित उनकै डेराबाट मंगलबार पक्राउ गरेको थियो । 

ढुंगेल पहिलो संविधानसभामा ओखलढुङ्गा२ बाट निर्वाचित संसद् भएका थिए । उनलाई ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा अदालतले दोषी ठहर्याएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ