arrow

रहेनन् ‘क्यान इन्फोटेक मेला’सुरु गर्ने चेतनाथ  

logo
प्रकाशित २०७४ कार्तिक १४ मंगलबार
chetnath.jpg

काठमाडौं । नेपालको सूचना सञ्चार प्रविधि (आइटी)क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने चेतनाथ (सीएन) उपाध्यायको निधन भएको छ । 

उहाँको अकस्मात निधन भएको कम्प्युटर एशोसिएन अफ नेपालका पूर्व महासचिव राजराज पन्तले जानकारी दिए । उनका अनुसार उपाध्याय मंगलबार विहान चिया पिएर बाहिर निस्केको र अकस्मात लडेर निधानमा चोट लागेको थियो । 

अचेत उपाध्यायलाई अस्पतालले मृत घोषित गरेका हो । ५७ वर्षको उमेरमा निधन भएका उपाध्याएको मंगलबारै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

कम्प्युटर व्यवसायीको रुपमा आइटी क्षेत्रमा लागेका उपाध्याय कम्प्युटर एशोसिएन अफ नेपाल क्यान महासंघका संस्थापक सदस्य हुन् । नेपालमा पहिलो पटक सूचना प्रविधि एक्स्पो (क्यान इन्फोटेक मेला) सुरु उपाध्यायले नै गरेका पूर्व महासचिव पन्तले बताए । आइसिटी एशोसिएन अफ नेपालको सहसंस्थापक एवं कोषाध्यक्ष समेत रहेका उनी एमालेको सक्रिय कार्यकर्ता समेत थिए । 

पर्वत जिल्लाको दुर्गममा सन् १९५९ अक्टुबर १८ तारिखमा जन्मिएका उपाध्यायले  प्राथमिक शिक्षा भारतको आसामबाट लिएका थिए । भूगोलमा स्नातक उत्तीर्ण गरेका उपाध्यायले सूचना प्रविधिको क्षेत्रमा देखेर, भोगेर  धेरै कुरा सिकेका थिए । 

जनगणना र तथ्याङ्कलाई व्यवस्थित गर्नका लागि नेपालमा पहिलो पटक त्यही सालमा आइसीएल १४०१ नामक कम्प्युटर मेन फ्रेम भित्रिएको थियो ।

२०४२ देखि उपाध्याय नेपाल स्टक एक्स्चेंजमा स्थायी जागिरे समेत भए । करीब २१ वर्षसम्म स्टक एक्स्चेंजलाई नै कम्प्युटराइज प्रविधिमा लैजाने कार्यको महत्वपूर्ण श्रेय समेत उपाध्यायलाई जान्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ