- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काभ्रे । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले काभ्रेका नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रका ५५० जना नेता तथा कार्यकर्तालाई नेपाली काँग्रेसमा भित्र्याएका छन् ।
नेपाल तरुण दलको ६४औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल तरुण दल काभ्रे क्षेत्र न १ द्वारा आयोजित कार्यक्रममा एमाले, माओवादीका जिल्ला र गाउँका प्रमुख नेतासहित आफ्नो पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका हुन् ।
नेता बस्नेतले क्षेत्र नम्बर १ का तिमालसहितका गाउँका युवाहरु काँग्रेसमा प्रवेश गरेको जनाए ।
केही नेताहरुले भने काँग्रेस सभापति शेरबहादुर देउवाको उपस्थितिमै पार्टी प्रवेश गर्ने जनाएकोसमेत बस्नेतले बताए ।
उनले उक्त क्षेत्रका एमाले र माओवादी कार्यकर्तामा पार्टी कार्यकर्तामा वितृष्णा पैदा भएको थाहा पाएकोसमेत बताए ।
एमाले र माओवादीका अन्य नेताहरु पनि काँग्रेसमा प्रवेश गर्न इच्छुक रहेकोसमेत जानकारी दिए ।
तरुण दल अध्यक्ष बस्नेतले काँभ्रेमा काँग्रेसको माहोल राम्रो रहेको समेत प्रतिक्रिया दिए ।