arrow

काठमाडौं क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराए रविन्द्र मिश्रले 

logo
प्रकाशित २०७४ कार्तिक १६ बिहिबार
rabindra_mishra.jpg

काठमाडौं । प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रले उम्मेदवारी दर्ता गराएका छन् । बिहीबार मध्याह्न १२ बजेतिर आफ्ना कार्यकर्ताहरु सहित राष्ट्रिय सभागृहमा पुगेका मिश्रले प्रतिनिधि सभा तर्फ उम्मेदवारी दिएका हुन् । 

उम्मेदवारी दिएपछि पत्रकारहरुसँग कुराकानी गर्दै मिश्रले देश अघि बढाउनको लागि परम्परागत सोचबाट माथि उठ्न मतदाताहरुलाई आग्रह गरेका छन् । उनले परिवर्तन चाहने नेपालीहरुले पुराना सोचलाई पहिले परिवर्तन गर्नुपर्ने बताएका छन् । 

उनले मतदातामा देखिएको परिवर्तन प्रतिको उत्सुकता नै आफ्नो जीतको आधार रहेको बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ