arrow

ओनसरी नेपालको पहिलो महिला सभामुख

logo
प्रकाशित २०७६ वैशाख २५ बुधबार
1703506703.jpeg

काठमाडौं । संसद्को सभामुखमा एमाओवादीका सांसद ओनसरी घर्ती निर्विरोध निर्वाचित भएकी छिन्।
 
अन्नपूर्ण पोष्टमा नरेन्द्र साउद लेख्छन्–संसद्‌को शुक्रबारको बैठकमा उनी निर्विरोध निर्वाचित भएकी हुन्। घर्ती नेपालकै पहिलो महिला सभामुख भएकी छिन्। रोल्पा क्षेत्र नं २ बाट निर्वाचित सांसद ओनसरी घर्तीलाई यसअघि उपसभामुख थिइन्। बुधबार मात्र उनले राजीनामा दिएकी हुन्।
 
नेपाल मजदुर किसान पार्टीले सभामुखमा दर्ता गराएको उम्मेदवारी फिर्ता लिएपछि उनी निर्विरोध भएकी हुन्। यसअघि नै कांग्रेसले उम्मेदवारी नदिने निर्णय गर्दै घर्तीलाई समर्थन गरेको थियो। कांग्रेसले सभामुखमा घर्ती र उपसभामुखमा यादवलाई समर्थन गर्न हाल्न ह्ववीप जारी गरेको थियो।
 
२०४६ को प्रजातान्त्रिक परिवर्तनपछि घर्ती आठौँ सभामुख हुन्। उनको जन्म २०३४ कात्तिक २८ मा भएको हो। एसएलसी उत्तीर्ण गरेपछि जनयुद्धमा होमिएकी ओनसरी यसअघि युवा तथा खेलकूदमन्त्री पनि भएकी थिइन्। दसक लामो सशस्त्र युद्धमा उनी विभिन्न मोर्चामा सहभागी भएर सक्रिय भूमिका निर्वाह गरेकी थिइन्। ओनसरीको विवाह ११ भदौ ०५२ मा पार्टीका युवा नेता वर्षामान पुन अनन्तसँग भएको थियो।
 
नेमकिपाले सभामुखमा अनुराधा थापागर र उपसभामुखमा डिल्ली प्रसाद काफ्लेको उम्मेदवारी  दर्ता गराएको थियो। ओनसरीको उम्मेदवारीमा प्रस्तावकमा विद्या भण्डारी र समर्थकमा कुन्ती शाही छन्।  
 
एमाओवादीले सुरुमा महामन्त्री कृष्णबहादुर महरालाई प्रस्ताव गरेको थियो तर महराले इच्छा नगरेपछि गिरीराजमणी पोखरेललाई उम्मेदवार बनाउने तयारी गरिएको थियो। पोखरेलले पनि पार्टी राजनीतिमै क्रियाशिल हुने बताएपछि घर्तीलाई अघि सारिएको हो।
त भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ