arrow

सुनसरीमा उम्मेदवारीः गच्छदार, कार्कीदेखि को को? 

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
gachhadar3.jpg

इनरुवा । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सुनसरी क्षेत्र नं ३ बाट उपप्रधान एंव संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले उम्मेदवारी दर्ता गराएका छन् । 
 
कुल चार निर्वाचन क्षेत्र रहेको सुनसरीमा क्षेत्र नं ४ बाट अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र क्षेत्र नं २ बाट पूर्वराज्यमन्त्री सीताराम मेहताले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यसैगरी प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचनमा एमाले र माओवादी गठबन्धनबाट क्षेत्र नं १ मा जयकुमार राई, २ मा डम्बर सुवेदी हिमाल, ३ मा भगवती चौधरी र ४ मा रमेश श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । 
 
त्यस्तै संघीय समाजवादी फोरम नेपालबाट क्षेत्र नं १ मा अशोककुमार राई, २ मा तेजनारायण चौधरी, ३ मा पदम अधिकारी र ४ मा मनोजकुमार यादवले उम्मेदवारी दर्ता गराएका छन् । 
 
त्यसैगरी राजपाका तर्फबाट १ मा के राई, २ मा मुन्नादेवी मेहता, ३ मा मनिष रौनियार र ४ मा रामनारायण यादवले उम्मेदवारी दर्ता गराएका छन् । 

त्यस्तै नयाँ शक्ति पार्टी नेपालले समेत सबै क्षेत्रमा उम्मेदवार उठाएको छ । सो पार्टीले १ मा पदम राई, २ मा उमेश थापा, ३ मा सुनिल राम र ४ मा अरविन्द पाठकलाई उम्मेदवार बनाएका छन् । 

त्यसैगरी यहाँ राप्रपा, विवेकशील साझा पार्टी, मंगोलियन अर्गनाइजेशन पार्टीलगायत आठ वटा पार्टीले मनोनयन दर्ता गराएका छन् । 

त्यस्तै प्रदेशसभाका लागि काग्रेसबाट क्षेत्र २ (क) बाट हेमकर्ण पौडेल, २ (ख) बाट राजीव कोइराला , ३ (क) बाट महेस बास्तोला, ३ (ख) बाट अगमलाल चौधरी, ४ (क) बाट रेवति रमण दुलाल र उम्मेदवारी दर्ता गराएका छन् । 

एमाले र माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचन क्षेत्र १ को (क) मा प्रदिप भण्डारी, (ख) मा भिमप्रसाद आचार्य, २ को (क) मा स्र्ववध्वज सावाँ, (ख) मा रामप्रसाद महतो, ३ को (क) मा निलम बस्नेत , (ख) मा रामदेव यादव, ४ (क) मा जदिश कुसियैत र (ख) मा जाकिर हुसेनले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ