arrow

समयसीमा तोकेर सवारी सञ्चालन गर्ने डिआईजी खनालको घोषणा

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
sarbendra-khanal-prabakta.jpeg

भक्तपुर । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनालले उपत्यकाको ट्राफिक व्यवस्थापन दिनदिनै जटिल बन्दै गएको बताएका छन् । रफत सञ्चार क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै खनालले उपत्यकाको दिनप्रतिदिन बढ्दै गएको जनसंख्या, सवारी चाप, सीमित तथा साँघुरा सडक, सवारी नियम उल्लङ्घनजस्ता प्रवृत्तिले उपत्यकाको ट्राफिक व्यवस्थापन कार्य जटिल बन्दै गएकाले सबैले ट्राफिकलाई कसरी ब्यवस्थापन गर्ने भन्ने चुनौति रहेको बताए । उनले समयको सीमा तोकेर सवारी सञ्चालन गरिनु पर्नेमा जोड दिए ।

उपत्यका महानगरपालिकाको अवधारणसँगै दिनमा मात्र नभएर रात्रिकालीन अवस्थामा समेत सवारी सञ्चालन हुने भएकाले यसका ब्यवस्थापनका लागि ट्राफिकले मात्र चाहेर केही गर्न नसक्ने भएकाले सबैले सवारी साधान ब्यवस्थापनबारे बेलमै दीर्घकालीन सोचका साथ अघि बढ्नु पर्नेमा जोड दिए । दुर्घटना बढ्नुका कारण सवारी साधनका कमजोरी र सवारी चालकको कम्जोरी कै कारण धेरै जनधनको क्षती भएको तथ्यांकले बताएकाले सबैले यता तर्फ ध्यान दिन सके धन जनको क्षती कमी हुने उनले बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखामा थोरै जनशक्तिका कारण समेत ट्राफिक ब्यवस्थापनमा समस्या उत्पन्न भएको र यस तर्फ सरकारले ध्यान दिनु पर्नेमा उनको भनाई छ । दिनानुदिन सवारीको चाप बढ्नु तर सडकको उन्नोत्तरी गर्ने तर्फ ध्यान जान नसक्नु सवारी जामका साथै दुर्घटनाको कारक भएकाले समेत यता तर्फ ध्यान दिनु पर्नेमा जोड दिँदै उनले वातावरण प्रदुषण गर्ने सवारी साधानमा रोक लगाउनु पर्ने बताए । 

उहाँले उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरण गर्न मादक पदार्थ सेवन गरी सवारी चलाउनेमाथि कारबाही, लेन अनुशासन कारबाही, अनियन्त्रित फुटपाथमा सवारी पार्किङ गर्नेलाई कारबाही गर्न कडाइ गरेको बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ