arrow

वैदेशिक रोजगार शून्यमा झार्छौं :अध्यक्ष ओली

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
exPM_oli.jpg

झापा । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा वाम गठबन्धनले जिते वैदेशिक रोजगारी शून्यमा झार्ने बताएका छन् । 

झापाको दमकमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार भेटघाटमा उनले स्वदेशमै रोजगारीको प्रशस्त अवसर सिर्जना गरेर बढ्दो युवा पलायन रोक्ने बताए । "एमालेको सरकार हुँदा १८ प्रतिशत वैदेशिक रोजगारमा जाने युवाको संख्या घटेको थियो", पूर्वप्रधानमन्त्री समेत रहेकाले ओलीले भने, "गठबन्धनको जितसँगै त्यसलाई शून्यमा झार्छौं ।" 

अध्यक्ष ओलीले अब हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन निष्पक्ष र भयरहित हुनुपर्नेमा जोड दिए । झापा क्षेत्र नं ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका अध्यक्ष ओलीले भने, "देशमा जुनसुकै व्यवस्था भए पनि मुलुकले समृद्धि र विकासको पथ समात्नुपर्छ ।"

उनले बिपी, गणेशमान जस्ता नेताले लोकतन्त्रको पक्षमा लडे पनि अहिलेको काँग्रेस व्यक्तिगत स्वार्थमा फसेको आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ