arrow

राजपाका उम्मेदवारविरुद्ध आयोगमा उजुरी

logo
प्रकाशित २०७४ कार्तिक १७ शुक्रबार
Election-Commission-hamrakura-3.jpg.jpeg

विराटनगर ।  मोरङ ६ नं क्षेत्रको प्रदेशसभा ख बाट राष्ट्रिय जनता पार्टीका तर्फबाट उम्मेदवारी दर्ता गराएका मोहम्मद नसरुलविरुद्ध शुक्रबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता भएको छ ।

सो पार्टीका आधिकारिक उम्मेदवार नसरुल नभई आफू भएको जनाउँदै यदुवंश साहले उजुरी दर्ता गराएका हुन् । कार्यालयले शनिबार बिहान १० बजे प्रमाणसहित कार्यालयमा उपस्थित हुन दुवै पक्षलाई आदेश जारी गरेको विराटनगरस्थित निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

 मोरङम प्रतिनिधिसभा र प्रदेशसभा गरी १९४ जनाले उम्मेदवारी दर्ता गराएकामा एक उम्मेदवारमाथि मात्र उजुरी परेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ