arrow

'एमालेको कार्यकर्ता भएर २५ वर्ष हिडें, अबसर भने संभ्रान्त वर्गलाई मात्र'

एमाले नेतृ योन्जनसँगै २५ जना कांग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
morang-uml-to-congress.jpg

कानेपोखरी। नेकपा एमालेको झोला बोकेको २५ वर्ष बितिसक्दा पनि पार्टीबाट जीवन बाँच्ने आश्वासन समेत नपाएको अभिब्यक्ति दिँदै मोरङको कानेपोखरी–७ की कमला योन्जन नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन। 

उनी नेकपा एमाले निकट अखिल नेपाल महिला संघकी क्षेत्रीय अध्यक्ष हुन्। लामो समय एमालेको राजनीतिसँगै सहकारी अभियानमा संलग्न योन्जन स्थानीय दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाको समेत अध्यक्ष हुन। योन्जनसँगै डिल्लीमाया बस्नेत पनि शुक्रबार नै कांग्रेसमा प्रवेश गरेकी छिन। बस्नेत स्थानीय ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहमा एमालेको प्यानलबाट निर्वाचित कोषाध्यक्ष हुन।

साविक बयरवन क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका योन्जन र बस्नेतलाई शुक्रबार नै प्रतिनिधि सभा र प्रदेश सभाका कांग्रेस उम्मेद्वार सुनील शर्मा र सुयर्माराज राईले फुलमाला र अविर लगाएर कांग्रेसमा स्वागत गरे।

कांग्रेसमा प्रवेश गरेसँगै तामाङले सबैलाई स्तब्ध पार्दै भनिन–‘ एमाले पार्टीको कार्यकर्ता भएर २५ वर्ष हिडें। तर अबसरहरू हुने खाने र संभ्रान्त वर्गका कार्यकर्ताका बरिपरि मात्र पुगे। गरिवको पार्टी भनेर गरिवको मत लिने तर सीमान्तकृत वर्गलाई कहिल्यै अवसर नदिने पार्टी नेतृत्व प्रति उनले कटाक्ष प्रकट गरिन।

योन्जन र बस्नेतसँगै २५ जनाले एमाले पार्टी परित्याग गरेको कांग्रेसका कार्यकर्ता हिमप्रसाद तिम्सिनाले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ