arrow

एमालेको महिला संघकी क्षेत्रीय अध्यक्ष सहित दुई दर्जन बढी काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ कार्तिक १८ शनिबार
UML_leader.jpg

कानेपोखरी । चुनावी नजिकिँदै जाँदा नेकपा एमाले छाडेर काँग्नेसमा प्रवेश गर्नेको लर्को लागिरहेको छ । लामो समयसम्म एमालेको राजनीतिका सक्रिय हुँदा पनि केही उपलब्धी नभएका र गाउँ समाजको लागि केही गर्न नसकेकाहरु काँग्रेसमा प्रवेश गर्न थालेका हुन् । 

शनिवार मात्रै पनि एमालेको झोला बोकेको २५ वर्ष बितिसक्दा पनि पार्टीबाट जीवन बाँच्ने आश्वासन समेत नपाएको अभिव्यक्ति दिँदै मोरङको कानेपोखरी–७ की कमला योन्जन नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन । 

उनी नेकपा एमाले निकट अखिल नेपाल महिला संघकी क्षेत्रीय अध्यक्ष हुन् । लामो समय एमालेको राजनीतिसँगै सहकारी अभियानमा संलग्न योन्जन स्थानीय दीगोपन सामाजिक उद्यमी महिला सहकारी संस्था लि को समेत अध्यक्ष हुन । योन्जनसँगै डिल्लीमाया बस्नेत पनि शुक्रबार नै काँग्रेसमा प्रवेश गरेकी छिन । बस्नेत स्थानीय ग्रामीण सुधार सामुदायिक वन उपभोक्ता समूहमा एमालेको प्यानलबाट निर्वाचित कोषाध्यक्ष हुन । 

साविक बयरवन क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका योन्जन र बस्नेतलाई शुक्रबार नै प्रतिनिधि सभा र प्रदेश सभाका कांग्रेस उम्मेद्वार सुनील शर्मा र सुयर्माराज राईले फुलमाला र अविर लगाएर कांग्रेसमा स्वागत गरे । 

काँग्रेसमा प्रवेश गरेसँगै तामाङले सबैलाई स्तब्ध पार्दै भनिन–‘एमाले पार्टीको कार्यकर्ता भएर २५ वर्ष हिडें । तर अबसरहरू हुने खाने र सम्भ्रान्त वर्गका कार्यकर्ताका बरिपरी मात्र पुगे । गरिवको पार्टी भनेर गरिवको मत लिने तर  सीमान्तकृत वर्गलाई कहिल्यै अवसर नदिने पार्टी नेतृत्व प्रति उनले कटाक्ष प्रकट गरिन ।  योन्जन र बस्नेतसँगै २५ जनाले एमाले पार्टी परित्याग गरेको कांग्रेसका कार्यकर्ता हिमप्रसाद तिम्सिनाले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ