arrow

प्रहरीद्वारा कुवेत लैजान लागिएका दुई युवतीको उद्धार

logo
प्रकाशित २०७४ कार्तिक २१ मंगलबार
police-news-aa-a.jpeg

कपिलवस्तु । कुवेतमा ठूलो रकम कमाउन सकिने भनी विभिन्न प्रलोभनमा पारी भारत हुँदै कुवेत लैजानका लागि दुई युवतीलाई सीमा पार गराउन लागेका एक विचौलियालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ । 

पक्राउ परेका राजापुर १ बर्दिया बस्ने ३५ वर्षीय कृष्णप्रसाद रेग्मीमाथि मानव बेचबिखन तथा ओसारपोसारविरुद्ध मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुभाष गैरेले बताए । केआइ नेपाल र नेपाल प्रहरी कृष्णनगरको संयुक्त टोलीले दैलेखका युवतीलाई नेपाल भारत सीमा चेक प्वाइन्टमा सोधपुछका क्रममा उद्धार गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ