- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
तुलसीपुर । तुलसीपुरबाट सल्यानको गांडापानीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा चालकसहित दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।
रा १ ज ४६२ नम्बरको यात्रुबाहक जिप शुक्रबार बेलुका धनवाङ गाविस–४ को किउरेनीमा दुर्घटना भएको हो । मृत्यु हुनेमा जिप चालक धनवाङ गाविस–७ का मानबहादुर घर्ती र धनवाङ गाविस–८ निवासी पुष्पा डांगी छन् ।
सो दुर्घटनामा परी घाइते भएका ११ जनाको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको राप्ती अञ्चल प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।