arrow

गुल्मीको आवाज संसदमा घन्काइन्छ : चन्द्र के.सी.

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
chandra-1.jpg

तम्घास(गुल्मी) । गुल्मी निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका प्रतिनिधि सभाको सदस्य उम्मेदवार एवम् गुल्मी जिल्लाका पूर्व जि.वि.स. सभापति तथा कांग्रेसका पूर्व जिल्ला सभापति चन्द्र के.सी.ले मतदातासमक्ष केन्द्रबाट जिल्लामा विकास कार्यक्रम ल्याउन सक्ने जुझारु उम्मेद्वारलाई विजयी गराउन आग्रह गरे ।
 
कात्तिक २१ गते देखि स्थानीय कार्यकर्ता भेटघाट तथा प्रचार अभियानमा निस्किएका नेता के.सी.ले विगतमा सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले गुल्मीको समस्या केन्द्रमा अवगत गराउनै नसकेको दावी गरेका छन् । उनले भने, “संसदमा यस क्षेत्रको आवाज घन्कनेछ र विकासको बजेट पर्याप्त ल्याइने छ।”
 
जिल्ला विकास सभापति रहदा देशका चर्चित अनुहार मध्ये पर्न सफल के.सी.ले जिल्लालाई नमुना बनाउने उद्धेश्य, योजना, रणनीति तथा कार्यनीति आफुसंग भएको बताए। शुक्रबार मुसिकोट नगरपालिकाको भुवाचिदीं, कुर्घाको मालिका, कुर्घाको स्वांरा, राले र इन्द्रेगौंड र गुन्धाराका चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताए ।

प्रदेशका उम्मेद्वारहरुमा नयाँ जोश 
गुल्मी निर्वाचन क्षेत्र नं. २ बाट प्रदेशका उम्मेदवार द्धय शालिकराम पन्थी  र छन्द बहादुर पहराई अभूतपूर्व जोश र जाँगरका साथ निर्वाचन अभियानमा निस्किएका छन् । पन्थीले आफ्नो चुनाव प्रचार प्रसार अभियान २१ गतेबाट थालनी गरिसकेका छन् उनले हालसम्म मुसिकोट नगरपालिका हलोगाडे, आपचौर र भुवाचिदीमा प्रचारप्रसार कार्यक्रम सम्पन्न  गरिसकेका छन्।
 
क्षेत्र नं २ अन्तरगतको प्रदेश नं २ का उम्मेदवार पहराईले कार्तिक २२ गतेदेखि प्रचारप्रसार र कार्यकर्ता भेटघाट अभियान थालेका छन् । नेका उम्मेद्वारहरुले मालिका गाउँपालिकाको दलि, पाटाखर्क, दुनाम, सिरुखर्क मदाने, मालिका, धुर्कोट नेटा दर्लिङ्गको खन्यूखर्क र हर्रापाटा हुँद मालिका गाउँपालिका वडा नं. ३ को ह्वाङ्दीसम्म चुनाव प्रचार गरिसकेका छन् ।
 
निर्वाचन प्रचार अभियान तथा कार्यकर्ता भेटघाट अभियानमा पूर्वसांसद रुद्रमणि भण्डारी, जिल्ला पार्टी सभापति भुवन प्रसाद श्रेष्ठ, सचिव खिलध्वज पन्थी, बिष्णु कुमारी सापकोटा, पूर्व क्षेत्रीय सभापति दामोदर भुसाल, क्षेत्रीय सभापति भगत खड्का, श्याम जि.सी. विद्यार्थी नेता रोशनसिंह ठकुरी, विक्रम पन्थी, महासमिति सदस्य पे्रम भण्डारी, इन्द्र बहादुर घर्ती, ज्ञानबहादुर कार्की र नेविसंघ नेता तथा रेसुङ्गा बहुमुखी क्याम्पस नेविसंघ सभापति अर्जुन पोखरेल  सहित स्थानीय नेता,कार्यकर्ता,शुभेच्छुकहरु सरिक रहेका छन् ।
 
गुल्मी २ का उम्मेद्वारहरुले चुनाव प्रचार प्रसार अभियानको क्रममा समृद्ध गुल्मी निर्माणको परिकल्पना प्रस्तुत गर्दै स्वास्थ्य, शिक्षा, खेल मैदान, होमस्टेको थालनी सहित पर्यटन विकास, आर्थिक  विकास,रोजगारी, बाढी पहिरो रोकथाम,नदी कटान जस्ता समस्याको समाधानका बारेमा मतदातासमक्ष प्रतिबद्धता व्यक्त गर्नुभएको छ। गुल्मी जिल्लामा  कांग्रेसको पक्षमा चुनावी माहोल बन्दै गएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ