arrow

सोलु आक्रमणका दोषीलाई कार्वाही गर्न कांग्रेसको माग

कांग्रेसलाई नजिस्क्याउन कम्युनिष्टलाई चेतावनी

logo
प्रकाशित २०७४ कार्तिक २५ शनिबार
Bal-bahadur-KC.jpg

कठमाडौ। नेपाली कांग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका क्रममा सोलुखुम्बुमा कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले नेपाली कांग्रेसका उम्मेदवार सहित कार्यकर्तामाथि गरेको संघातिक आक्रमणको निन्दा र भत्सर्ना गर्दै दोषीमाथि कार्वाही गर्न सरकारसंग माग गरेको छ ।

सोलुखुम्बुको दुधकौशीका गाउँपालिका लोखिममा आयोजित चुनावीसभालाई सम्वोधन गर्न गैरहेका प्रतिनिधिसभातर्फका नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य बलबहादुर के.सी., प्रदेशसभा १ का उम्मेदवार प्रकाशसिंह कार्की लगायतका नेता एवं कार्यकर्ताहरुलाई शुक्रबार विहान जंगलमा लुकेर बसेका कम्युनिष्ट गठबन्धनका कार्यकर्ताहरुले अन्धाधुन्द ढुंगामुढा गरी आक्रमण गरेका थिए ।

नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले शुक्रबार साँझ एक विज्ञप्ति प्रकाशित गरी सो घट्नाको निन्दा एवम् भत्सर्ना गरेका छन् । प्रेस विज्ञप्तिमा उल्लेख गरिए अनुसार घट्नामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका कोषाध्यक्ष पेमा तामाङ सहित आधा दर्जन भन्दा बढी नेपाली कांग्रेसका कार्यकर्ता घाइते भएका छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार भए पनि कोषाध्यक्ष पेमा तामाङको अवस्था गम्भीर भएपछि हेलिकोप्टरबाट काठमाडौँ ल्याई अहिले त्रिविवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भैरहेको छ ।
 
नेपाली कांग्रेसले निर्वाचनका क्रममा नेपाली कांग्रेसप्रतिको जनलहरबाट अतालिएर कम्युनिष्टहरुको अस्वाभाविक गठबन्धने यस प्रकारको घृणित क्रियाकलाप र आक्रमणमा उत्रिएको आरोप लगाएको छ । कांग्रेसले यस घटनाले शान्तिपूर्ण रुपमा निर्वाचनका कार्यक्रम गर्न पाउने नागरिकको नैसर्गिक अघिकार माथि ठाडो हस्तक्षेप गरेको उल्लेख गर्दै यस्ता अवांछित क्रियाकलाप पुनः नदोहार्‍याउन कम्युनिष्टहरुको अस्वाभाविक गठबन्धनलाई नेपाली कांग्रेस चेतावनी दिएको छ ।

कांग्रेसले घटनामा संलग्न व्यक्तिहरुलाई तत्काल कडा भन्दा कडा कार्वाही गर्न र घाइतेहरुको उचित उपचारको प्रबन्ध गन सरकारसँग माग पनि गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ