arrow

विप्लवको निशानामा माओवादी नेताहरु, माग चुनाव खारेजीको 

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
biplab-maobadi.jpeg

काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले निर्वाचन नजिकिँदै गर्दा बम आतंक मच्चाएको छ ।

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा विप्लव नेतृत्वको पार्टीले जनयुद्धका क्रममा संगै रहेको पार्टी र हाल माओवादी केन्दका नेताहरुलाई निशाना बनाएको छ ।

शनिबार रोल्पाको माडी गाउँपालिका १ भिट्टाबाङमा माओवादी नेचा बर्षमान पुन चढेको गाडीमा माइन विस्फोट भएको थियो ।

शुक्रबार रुकुममा जनार्दन शर्मालाई लक्षित गरेर बम प्रहार भएको थियो ।

पार्टीले रुकुममा शर्मा र रोल्पामा पुनमाथि आक्रमण गर्न खोजेको हो भन्ने जिज्ञाशामा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले भने, हाम्रो पार्टीको नीति चुनाव खारेज हो । 

त्यसका लागि जनप्रतिरोध अभियान चलाइरहेका र आक्रमणको विषयमा हामीले बुझिरहेका छौं ।’ (नेपाल समाचारपत्र दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ