arrow

चुरेमा बस दुर्घटना, २७ जना घाइते, १५ गम्भीर

logo
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
accident-final.jpeg

भीमदत्तनगर । बैतडीको मेलौलीबाट भीमदत्तनगर आउँदै गरेको यात्रुबाहक बस कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने ठाउँमा आइतबार बिहान दुर्घटना हुँदा २७ जना घाइते भएका छन् । 

अत्तरिया–डडेल्धुरा भीमदत्तमार्गको धपेनी, सहजपुर नजिकै पवनदूत यातायातको ना७ख २७२३ नंको बस सडकबाट करिब ६० मिटर तल खसेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फल्टुडेका ट्राफिक प्रहरी हवलदार वीरसिंह धामीले जानकारी दिए । 

उनले घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको बताए । “पाँचजनालाई उपचारका लागि एउटा बसमा अत्तरियास्थित पद्मा अस्पतालतर्फ पठाएका छौँ ।” उनले भने, “गम्भीर घाइतेलाई अस्पतालसम्म लैजान एम्बुलेन्स घटनास्थल आइपुग्दैछन् ।” दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ । 

दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ