arrow

प्रेस युनियन स्याङ्जा चुनावी अभियानमा

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ कार्तिक २६ आइतबार
union_photo.jpg

स्याङ्जा । नेपाल प्रेस युनियन स्याङ्जाले आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि चुनावी प्रचार अभियान थाल्ने भएको छ । शनिवार स्याङ्जा सदरमुकाममा बसेको बैठकले नेपाली काँग्रेसका उमेदवारहरुलाई विजयी बनाउन रणनीति अभियान अख्तियार गरेको हो । जिल्लाका तिन ओटै क्षेत्रिय सभापतिहरु, पार्टीका प्रवक्ताहरुको सहभागितामा जिल्लाका ११ ओटा स्थानीय तहको चुनावी कार्यक्रमको प्रचार प्रसारका लागि रणनीति तयार गरेको छ । कम्युनिष्टहरु एक ठाँउमा आएका बेला लोकतान्त्रिक शक्तिहरुलाई कमजोर बनाउन नहुने भन्दै प्रेस युनियनले यस्तो अभियान थालेको हो ।

नेपाली काँग्रेस स्याङ्जाका प्रवक्ता इन्द्रबहादुर गोदार, स्याङ्जा क्षेत्र नं. १ का सभापति तुलसीराम रेग्मी, क्षेत्र नं. २ का सभापति अर्जुनप्रकाश अर्यालको प्रमुख सहभागितामा काँग्रेसका उमेदवारको घरदैलो अभियान, चुनावी सभाको प्रचार प्रसार, काँग्रेसले गरेको विकास निर्माणको प्रगतिलाई जनता माझ पुर्‍याउन के कस्ता भुमिका खेल्न सकिने भन्ने विषयमा छलफल गरेको छ । हरेक स्थानीय तहमा प्रेस युनियनले काँग्रेसले गरेका गतिविधिको प्रचार प्रसारका लागि टोली खटाएको जिल्ला सभापति श्रीकृष्ण सिग्देलले जानकारी दिए ।

लोकतन्त्र रहेमात्रै स्वतन्त्र पत्रकारिता बचाउन सकिने धारणा राख्दै जिल्लाका सबै युनियनका साथीहरुले काँग्रेसलाई विजयी बनाउन आ—आफ्नो ठाँउबाट महत्वपूर्ण भुमिका खेल्ने बताए । बैठकमा क्षेत्रिय सभापतिहरु तुलसीराम रेग्मी, अर्जुनप्रकाश अर्याल, पत्रकार महासंघका अध्यक्ष ओमप्रकाश शर्मा, निवर्तमा अध्यक्ष प्रकाश डोटेल, युनियनका सचिव तोलाकान्त वगाले लगायतले जिम्मेवारी पुरा गर्न आग्रह गरेका थिए ।

 स्याङ्जाका दुईप्रतिनिधि सभा र चार प्रदेश सभाको विजयी बनाउन युनियनले बनाएको रणनीतिलाई काँग्रेसले पनि स्वागत गरेको छ । चुनावी प्रचार प्रसारमा काँग्रेसले पनि युनियनलाई सघाउदै अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ