- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्वीट्जरल्याण्ड र क्रोएसिया अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएका छन् ।
युरोपेली समूह अन्तर्गत आइतबार राति भएको दोस्रो लेगको प्ले अफ खेल बराबरीमा रोकिएपछि एग्रिगेटमा दुवै टोलीले रुसको टिकट काटेका हुन् ।
क्रोएसियाले ग्रीससँग गोलरहित बराबरी खेल्यो । पहिलो लेगको खेलमा क्रोएसिया ४–१ ले विजयी भएको थियो ।
यसैगरी स्वीट्जरल्याण्डले नर्दन आयरल्याण्डसँग गोलरहित बराबरी खेल्यो । विवादास्पद पेनाल्टीले आयरल्याण्डलाई डुबाएको हो ।
पहिलो खेलमा स्वीट्जरल्याण्डले विवादास्पद पेनाल्टीबाट गोल गरेको थियो । त्यही नै नर्दन आयरल्याण्डको हारको कारण बन्यो ।
पहिलो लेगमा स्वीट्जरल्याण्ड १–० ले विजयी भएको थियो ।