arrow

दोलखामा माओवादी छाडेर तीन दर्जन युवाहरु विवेकशीलमा प्रवेश 

logo
प्रकाशित २०७४ कार्तिक २७ सोमबार
bibeksil-sajha.jpg

काठमाडौं । दोलखामा नेकपा माओवादी केन्द्र छाडेर तीन दर्जन युवाहरु विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् ।

लामो समयसम्म माओवादीमा कार्यरत रहेका उनीहरुले माओवादी सिद्धान्तहीन हुने र जुन काममा पनि सोच विचार भन्दापनि अन्धाधुन्द हामफाल्ने सोच भएकोले आफूहरु विवेकशीलमा गएको बताएका छन् । उनीहरु विवेकशील साझा पार्टीले लिएको सिद्धान्तबाट प्रभावित भएर विवेकशीलमा प्रवेश गरेको बताउँछन् । 

यसरी पार्टी प्रवेश गर्नेमा स्थानिय नेता अजय प्रधान, पूर्व सांसद् हेम बहादुर श्रेष्ठलाई चुनाव जिताउन महत्वपूर्ण भूमिका खेलेका अनुप श्रेष्ठ लगायतका कार्यकर्ताहरु विवेकशीलमा प्रवेश गरेका हुन् ।

हाम्राकुरासँगको कुराकानीमा श्रेष्ठले आफूहरु विवेकशीलको सिद्धान्तबाट प्रभावित भएर सो पार्टीमा लागेको जानकारी दिए । उनले आफू सहित ३ दर्जन युवाहरु विवेकशीलमा एकैपटक गएको पनि बताए । 

उनले पुराना पार्टीहरुले विकासमा भन्दापनि आफ्नो व्यक्तिगत स्वार्थमा बढी केन्द्रीत हुन थाल्दा विकास प्रभावित भएकोले नयाँ सोच र नयाँ प्रयासलाई सहयोग गर्ने बताए । उनले नयाँ एजेण्डामा जाँदाखेरी केही चुनौतीहरु हुने भन्दै त्यस्ता चुनौती झेल्न तयार भएर नै आफूहरु विवेकशीलमा गएको प्रतिक्रिया दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ