arrow

 एक सय कार्यकर्तालाई प्रचण्डले गराए पार्टीमा प्रवेश

‘अबको युग विकास र समृद्धिको’: 'प्रचण्ड'

logo
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार

रत्ननगर, चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले अबको युग विकास र समृद्धिको भएको बताएका छन् । 

भरतपुर महानगरपालिका १७ स्थित हरैया चोकमा मंगलबार बिहान भएको चुनावीसभालाई सम्बोधन गर्दै उनले आफूले पनि विकास र समृद्धिकै परिकल्पना गरेको बताउँदै भने "अबको युग समृद्धिको युग हो, विकासको युग हो, मैले १० महिनाको प्रधानमन्त्री कालमा जुन काम गरेँ, त्यो विकास र समृद्धिप्रतिकै संकल्प हो, आर्थिक समृद्धि र समाजवादबाहेक अर्को कुनै सपना छैन ।" 

बिहानैदेखि चुनावी घरदैलोमा सक्रिय चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले आफूले निर्वाचनपछि समाजवादको सपना देखेको बताए । उनी वाम गठबन्धनका संयुक्त उम्मेदवार हुन् । पूर्वप्रधानमन्त्री दाहालले मतदातालाई किन्न खोज्नेको पैसा कब्जा गर्न आग्रह पनि गरे । 


उनले उक्त कार्यक्रमसँगै डेरी चोकमा वाम गठबन्धनको सम्पर्क कार्यालयको उद्घाटन पनि गरेका छन् । सो क्रममा उनले राप्रपा छाडेर आएका झण्डै १०० कार्यकर्तालाई पार्टी प्रवेशसमेत गराए । लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार राप्रपा (प्रजातान्त्रिक)का नेता एवं वन तथा भूसंरक्षणमन्त्री विक्रम पाण्डे पनि चुनावी अभियानमा सक्रिय छन् । रासस
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ