- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । पाटन औद्योगिक क्षेत्रमा रहेको एक उद्योगमा आगलागी भएको छ । औद्योगिक क्षेत्र भित्र रहेको एक प्लाष्टिक उद्योगमा आगलागी भएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।
अहिले आगो नियन्त्रणमा लिनको लागि काठमाडौं, भक्तपुर र ललितपुरको दमकलले प्रयास गरिएको छ । प्लाष्टिक उद्योगमा आगलागी भएकोले धेरै क्षति भएको अनुमान गरिएको भएपनि कति क्षति भएको भन्ने यकीन भर्इ नसकेको प्रहरीले जनाएको छ ।
विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको भएपनि यसको पनि कारण खुलिसकेको छैन ।