- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विर्तामोड । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ प्रतिनिधिसभाका उम्मेदवार उद्वव थापाले लोकतन्त्रको संस्थागत विकास र आर्थिक समृद्धिका लागि नेपाली कांग्रेसलाई विजयी बनाउन मतदातासमक्ष अनुरोध गरेका छन् । उनले जनताको सेवक बनेर राष्ट्रको उन्नतिका लागि सदा क्रियाशील रहने प्रतिबद्धता जनाएका छन् ।
झापा क्षेत्र नं–२ अन्तर्गत विर्तामोड नगरपालिका वडा नं–५ का पाथीभरा टोल, महानन्द चोक, सुब्बाचोक, धिमालबस्ती, न्युटन्सचोक, बुद्धनगरलगायतका ८ बढी स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले कांग्रेसले जितेपछि विर्तामोड शहर लगायत क्षेत्र नं २ का सबै क्षेत्रमा सडक, ढल निकास, बाटो मर्मत गरी स्मार्ट सिटी बनाउने प्रतिबद्धता ब्यक्त गरे।
उनले नेपाली कांग्रेस विजयी भएमा शिक्षित बेरोजगारलाई स्वदेशमै रोजगारीको सिर्जना तथा बेरोजगार भत्ताको ब्यवस्था गर्ने, बृद्ध भत्ता बढाएर ४ हजार पुर्याउने, भूमिहिन सुकुम्बासीलाई ब्यवस्थित आवासको ब्यवस्था गर्ने लगायतका प्रतिबद्धता थापाले ब्यक्त गरेका हुन् ।
कार्यक्रममा झापा क्षेत्र नं–२ क्षेत्र (क) का कांग्रेस उम्मेद्वार लक्ष्मण खड्काले मुलुक राष्ट्रिय संकटमा रहेको यसबेलामा साम्यबाद रोज्ने कि लोकतन्त्र भन्ने प्रश्न प्रमुख भएकाले निर्वाचनमार्फत लोकतन्त्रवादी शक्तिलाई विजयी गराउन आग्रह गरे।