arrow

अमेरिकी विदेशमन्त्री टिलर्सन म्यानमारमा

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
trxt_retions.jpg

निपत् । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सन् म्यानमार पुगेको समाचार छ । 

म्यानमारमा पछिल्लो समयमा जारी राजनीतिक हिंसाका कारण यहाँको ठूलो संख्याका रोहिङ्गा शरणार्थी भागेर बंगलादेश पुगेका छन् । 

म्यानमारको राखिन राज्यका मुस्लिम रोहिङग्या शरणार्थी हाल बंगलादेशको कोक्स बजारमा रहेका छन् । उनीहरु करिब साढे छ लाखको संख्यामा त्यहाँ पुगेका छन् । 

ती शरणार्थी समस्या समाधानका लागि म्यानमारका विदेशमन्त्री एवम् राज्य सल्लाहकार आङ् सान सुकीलाई दबाब दिन अमेरिकी विदेशमन्त्री टिलर्सन त्यहाँ पुगेकोको समाचारमा जनाइएको छ । 

विदेशमन्त्री टिलर्सन बुधबार म्यानमारमा रहने छन् । उनले यहाँका राष्ट्रपति, विदेशमन्त्री सुकी र अन्य उच्च सरकारी अधिकारीहरुसँग भेटवार्ता गर्ने छन् । 

म्यानमारको सेनाले हिजोमात्र एक विज्ञप्ति प्रकाशन गरेर यहाँको सेनाले राखिन राज्यबाट उनीहरुलाई नलखेटेको जनाएको थियो । 

सेनाको यस्तो भनाइ आएको एकदिनपछि अमेरिकी विदेशमन्त्रीको म्यानमार भ्रमण शुरु भएको छ । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ