arrow

देउवा र ओली 'को प्रधानमन्त्री ?' भन्नेमा उद्योगपतिहरुबीच चर्काचर्की

दुगड भन्छन् ‘केपी ओली बनेपछि थाहा हुन्छ’

logo
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
oli-deuba.jpg.jpeg

विराटनगर । मुलुकका चर्चित उद्योगपतिद्वय महेश जाजु र मोतिलाल दुगडवीच अब निर्वाचनपछि कसलाई प्रधानमन्त्री बनाउने भन्नेबारे चर्काचर्की परेको छ। बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै उद्योपतिद्धयवीच चर्काचर्की परेको हो । जाजु नेपाली कांग्रेस समर्थित व्यवसायी हुन भने दुगड नेकपा एमाले । जाजुको नाम नेपाली कांग्रेसको समानुपातिक बन्द सूचीमा छ भने दुगडको एमालेको समानुपातिकमा ।

बहसको सुरुवातमै निकै आक्रमक रुपमा प्रस्तुत भएका जाजुले आफूले काँग्रेसका कुनैपनि नेतालाई एक रुपैयाँ पनि पैसा नदिएको स्पष्ट पारे । उनले भने, ‘मैले बरु कांग्रेसलाई पैसा दिएँ, कति दिएँ भन्ने पनि म अहिले खुलासा गर्दिन, तर नेतालाई दिएको छैन, हो म फेरि दोहोर्याएर भन्छु पार्टीलाई पैसा दिएको छु ।’ उनले अबको निर्वाचनपछि पनि कांग्रेसकै नेतृत्वमा सरकार बन्नेमा आफू ढुक्क रहेको बताए । मुलुकको समृद्धिको लागि कांग्रेसको विकल्प नभएको उनको जिकिर थियो । 

उनले थपे, ‘मुलुकको विकास र समृद्धिको लागि काँग्रेसको विकल्प छैन, त्यसैले अबको निर्वाचनमा जनताले कांग्रेसलाई बहुमत दिनुहुन्छ ।’ उनले अब बन्ने सरकारको नेतृत्वपनि हालका प्रधानमन्त्री शेरबहादुर देउवा नै गर्ने ठोकुवा गरे । उनले भने, ‘कांग्रेस सभापति देउवाजीको नेतृत्वमा सरकार बन्नुपर्छ, त्यसो भयो भने मुलुक समृद्धिको यात्रामा अघि बढ्छ ।’ उनी पार्टीले जस्तोसुकै नतिजा हाँसिल गरेपनि आफू कुनै पनि हालतमा कांग्र्रेस नछोड्ने जिकिर गरे । उनले भने, ‘म कुनै हालतमा पनि कांग्रेस छोड्दिन, कांग्रेसकै नेतृत्वमा विकास हुन्छ, समृद्धि हाँसिल हुन्छ ।’

त्यस्तै उनले विराटनगरले अहिलेसम्म ७ वटा प्रधानमन्त्री पाएको तर उक्त क्षेत्रको विकास र समृद्धिमा भने केही फरक नआएको गुनासो पोखे । उनले भने,‘यो माटोले ७ जना प्रधानमन्त्री पायो, तर यहाँ विकासको नाममा केही भएको टैन । प्रगति र उन्नती हुन सकेन् । यो अत्यन्तै दुःखदायी कुरा हो ।’

मोतिलाल दुगड भन्छन्, ‘केपी ओलीको नेतृत्वमा सरकार बन्छ’
यता एमालेका समानुपातिक उम्मेद्धवार मोतिलाल दुगडले आफूले एक रुपैयाँपनि पैसा नदिएको दाबी गरेका छन् । उनले थपे,‘म आँफै सक्षम छु, त्यही भएर उहाँहरुले मेरो नाम राख्नुभएको छ, तर मैले पैसा दिएर सांसद बन्न लागेको भन्ने कुरामा कुनै सत्यता छैन।’

उनले समृद्धिको यात्रामा अब एमालेलाई कसैले रोक्न नसक्ने समेत दाबी गरे । उनले थपे,‘ आर्थिक क्रान्तिको नेतृत्व अब वामपन्थीहरुले गर्ने हो, यसमा कुनै दुईमत छैन्।’ भोलि मुलुकमा कम्युनिष्ट सरकार आएर व्यक्तिको नीजी सम्पत्ति राष्ट्रियकरण गर्न भनेपनि आफू  तयार रहेको तर कम्युनिष्ट नछोड्ने उनको जिकिर थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ