arrow

सूचना राज्यमन्त्री विष्टको दाबी –म सांसद भएपछि पश्चिमको विकास

logo
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
gutu_photo.jpg

सुर्खेत । सुर्खेत क्षेत्र नं २ को प्रदेश ख का उम्मेदवार एवं सूचना तथा संचार राज्यमन्त्री तप्तबहादुर विष्टले आफू सांसद भएपछि पश्चिमको विकासमा क्रान्ति आएको दाबी गरेका छन् । 

उनले कांग्रेसले थालेका अधुरा विकासका कामलाई पूरा गर्नका लागि पनि यसपटक कांग्रेसले नै जित्नुपर्ने उल्लेख गर्दै मुलुकमा विकास गर्ने र शान्ति ल्याउने पार्टी कांग्रेस भएकोले कांग्रेसलाई जिताउनु पर्ने बताए ।

कार्यक्रममा कांग्रेस सुर्खेतका सचिव टोपबहादुर रावतले विकास गर्नेलाई जिताउने कि विनाश गर्नेलाई जिताउने, छुट्याउने बेला आएको बताए । 

सो अवसरमा पूर्वमन्त्री शिवराज जोशी, खड्गबहादुर बस्याल, समानुपातिक उम्मेदवार यज्ञबहादुर विसी, पदमदेव गिरी, कलाधर सापकोटा लगायतले लोकतन्त्रको रक्षाका लागि कांग्रेसलाई जिताउन आव्हान गरे ।
 
कार्यक्रम कांग्रेस गुटु सभापति मोहन थापाको अध्यक्षतामा भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ