arrow

मतदान स्थल साँघुरो हुँदा मतदातालाई मत खसाल्न समस्या

logo
जितेन्द्र भण्डारी
प्रकाशित २०७४ कार्तिक ३० बिहिबार
panchthar-district.png

पाँचथर । पाँचथरमा रहेका अधिकाँश मतदान स्थल रहेका स्थानहरु साँघुरो रहेका कारण मतदाताहरुलाई मत हाल्न समस्या हुने देखिएको छ ।

मतदान स्थलहरु साँघुरो भएका कारण मत हाल्न मतदातालाई समय वढि लाग्ने हुँदा साँझ ५ बजेसम्म मतदान गर्न भ्याउन पनि मुस्किल पर्ने देखिएको जिल्ला निर्वाचन अधिकारी धु्रव कुमार राईले बताए ।

राईले भने, ‘एउटै मतदान स्थलमा तीन चार ओटासम्म मतदान केन्द्र रहेको हुँदा एउटा मतदान केन्द्रमा मतपत्र लिने, मत सङ्केत गर्ने र मत खसाल्ने गरेर ७ र ८ ओटा टेवल राखिन्छ तर, हाम्रा मतदान स्थलहरु साँघुरा छन् ।’

त्यहाँ कसरी दुई र तीन ओटा मतदान केन्द्र अटाउने भन्ने समस्या रहेको उनले बताए । अधिकांश मतदान स्थलहरु विद्यालयका खेलमैदानहरु छन् । तर, धेरै खेलमैदानहरुमा नयाँ भवन निर्माण गरिएका छन् ।

जिल्ला निर्वाचन अधिकारी राईका अनुसार यसरी मतदान गर्न एकै मतदातालाई धेरै समय लाग्दछ ।

यस्तै पहिलो चरणको निर्वाचनको मतगणना दोश्रो चरणको निर्वाचनपछि मात्रै गरिनेछ । यसले गर्दा मतपेटिका सुरक्षालाई कडा पार्नुपर्ने अवस्था रहेको जिल्ला निर्वाचन अधिकारी राई बताउँछन् । 

जिल्लामा निर्वाचन सम्पन्न गराउन १४ सय जना कर्मचारी खटिनेछन् । 

१६५ मतदान केन्द्रमा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र प्रतिनिधि सभा तथा प्रदेश सभा समानुपातिक तर्फ गरि ४९८ ओटा मतपेटिकाहरु राखिनेछन् ।

मतदानपछि भेला गरिएका मतपेटिका ४ स्थानमा राखिन्छ । मतपेटिका ४ प्रकारका हुन्छन् ः दुई ओटा प्रदेश सभाका, एउटा प्रतिनिधि सभाको र एउटा प्रतिनिधि सभा र प्रदेश सभा समानुपातिक तर्फको । पाँचथरमा १ लाख २५ हजार २१९ जना मतदाता रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ