arrow

यु–१९ युथ एसिया कप क्रिकेटः नेपाल र अफगानिस्तान मैदानमा, नेपाल ब्याटिङमा 

logo
प्रकाशित २०७४ मंसिर १ शुक्रबार
nepal-afghanistan-1.jpg

क्वालालम्पुर । एसीसी यु–१९ युथ एसिया कप क्रिकेट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपाल र अफगानिस्तानबीचको खेल भइरहेको छ ।

मलेसियाको किन्रारा ओभलमा सुरु भएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । 

जितेन्द्र सिंह र आशिफ शेखले नेपाली इनिङ सम्हालिरहेका छन् । 

नेपालको अफगानिस्तानविरुद्धको विगत त्यति राम्रो छैन । तर शुक्रबारको बिहानी सत्रले अफगानिस्तानले वर्तमानमा अगाडि बढ्न वाध्य हुने आशा गरिएको छ । 

नेपाल र अफगानिस्तान दुवै पहिलो पटक फाइनलमा पुग्ने सुरमा छन् ।

नेपालले समुह चरणमा भारत र मलेसियालाई हराएर समुह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको हो । अफगानिस्तान भने अर्को समुहको विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । 

यो खेलको विजेताले फाइनलमा पाकिस्तानको सामना गर्नेछ । पाकिस्तानले बिहीबार बंगलादेशलाई २ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पहिलो पटक सेमिफाइनल खेलिरहेको नेपालले फाइनल पुगेर इतिहास रच्न चाहन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ